काठमाण्डौ । अबिरल वर्षा, बाढी र पहिरोमा परी पीडित भएकाहरुको उद्धार तथा राहतका लागि आज प्रमुख राजनीतिक दलहरुले प्रधानमन्त्री दैबी प्रकोप राहत कोषमा रकम हस्तान्तरण गर्दैछन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले आज छुट्टाछुट्टै समयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई रकम हस्तान्तरण गर्दैछन् । ती दुईवटै दलले ५० लाख रुपैयाका दरले कोषमा जम्मा गर्ने निर्णय गरिसकेका छन्
यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देबेन्द्र दाहालको नेतृत्वमा निर्माण व्यबसायी परिषदले पनि कोषमा रकम हस्तान्तरण गर्दैछ ।
२० आश्विन २०८१, आइतबार
42
Shares





