८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

मध्यपूर्व तनावको असर इन्धनको मुल्यमा



काठमाडौँ । मध्यपूर्वमा देखिएको अशान्तिको असर इन्धनको मूल्यमा परेको छ ।

मध्यपूर्वमा लडाइँ फैलिने डरले हिजो लण्डनमा तेलको मूल्य प्रतिब्यारेल ८० डलरभन्दा माथि पुगेको छ ।

स्थानीय समय अनुसार फ्रान्सको पेरिसमा साँझ ५.२५ बजेतिर ब्रेन्ट नर्थ सी तेलको मूल्य २ दशमलव ६ प्रतिशतले बढेर प्रतिब्यारेल ८० दशमलव १० डलर पुगेको थियो ।

यसको अमेरिकी समकक्षी नोभेम्बर डेलिभरीका लागि वेस्ट टेक्सस इन्टरमिडिएट २ दशमलव ८५ प्रतिशतले बढेर ७६ दशमलव ५१ डलर पुगेको थियो ।

इजरायलमाथि अक्टोबर ७ मा हमासले गरेको आक्रमण गरेको एक वर्ष पूरा भएसँगै विश्वभर शान्ति र त्रासको बातावरण झन बढेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  १२ : २१ बजे