काठमाडौं । गत साता हरियाली छाएको सेयर बजार यो साता भने लगातार घट्दो क्रममा छ । सोमबार नेप्से परिसूचक ३१।४९ अंक घटेर बन्द भएको छ । आइतबार २५.६३ अंकले घटेको बजार दुई दिनमा ५७ अंक घटेको छ ।
समग्र बजार १।४७ प्रतिशतले घटेर २०९८.६९ विन्दुमा बन्द भएको छ । यसदिन ६ अर्ब ३६ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
३६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने २०९ कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
घटेको बजारमा अपर स्याङगे हाइड्रोपावर कम्पनी र मिड सोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक मूल्यको कारोबार भएको छ । यो कम्पनीको ७८ करोड ६३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।
कारोबारमा आएका १३ समूहमध्ये व्यापार समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । व्यापार समूहको परिसूचक ०.३५ प्रतिशतले वृद्धि भएको छ ।
आज सर्वाधिक परसूचक घट्नेमा हाइड्रोपावर समूहको परिसूचक घटेको छ । यो समूहको परिसूचक २.२४ प्रतिशतले घटेको छ ।