काठमाडौं । चन्द्रागिरी नगरपालिका र इसिइसि इनोभेसन इन एजुकेसन ललितपुर बीच सामुदायिक विद्यालयहरूमा शैक्षिक गुणस्तर सुधार तथा नमुना विद्यालय विकास कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ । पहिलो वर्ष ६ वटा सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार तथा नमुना विद्यालय विकास कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको हो ।
शुक्रबार चन्द्रागिरी नगरपालिका कार्यलयमा नगर प्रमुख घनश्याम गिरी र इसिइसिका तर्फबाट अनुसन्धान तथा विकास विभागका विभागीय प्रमुख तथा नोर्हेड परियोजना संयोजक मिना कार्की सुब्बाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख कणर् बहादुर भुवाजी, र इसिइसि इसिइसि इनोभेसन इन एजुकेसनका सिङ्गी ल्होमी साक्षीका रुपमा रहेका छन ।
सम्झौता पछि इसिइसि इसिइसि इनोभेसन इन एजुकेसनका तर्फबाट अनुसन्धान तथा विकास विभागका विभागीय प्रमुख तथा नोर्हेड परियोजना संयोजक मिना कार्की सुब्बाले यस परियोजना कार्यक्रम शैक्षिक सुधार र नमुना विद्यालय निर्माणका लागि महत्वपूणर् हुने बताउदै परियोजनाको उदेश्य तथा कार्यक्रमहरूको बारेमा प्रकाश पारिन । यस परियोजनाका कार्यक्रमहरू अन्तर्गत शिक्षक तथा अभिभावकहरूको क्षामता अभिवृद्धि गर्नुका साथै शिक्षकहरू खेल विधि र विद्यार्थी केन्द्रित विधि मार्फत् शिक्षण गर्न सक्षम हुने र यसको परिणाम स्वरूप विद्यार्थीहरूको चौतर्फी विकासमा मदत पुर्याउने जानकारी दिइन ।
इसिइसि इनोभेसन इन एजुकेसन सन् २००१ मा स्थापना भई, निरन्तर नेपालको शैक्षिक सुधारका लागि सरकारी तथा नीजि विद्यालयहरूसँग सहकार्य गर्दै आईरहेको संस्था हो । यसै सिलसिलामा इन्टेन्ट एजुकेशन परियोजनासँगको सहकार्यमा यो कार्यक्रम विगत ३ वर्षदेखि बेलबारी नगरपालिका, मोरङ, महालक्ष्मी नगरपालिका, ललितपुर र पोखरा महानगारपालिका, सञ्चालनमा भई रहेको छ । गत हप्ता मात्र कोञ्ज्योसोम गाउँपालिका, ललितपुरसँग पनि सामुदायिक विद्यालयहरूमा शैक्षिक सुधार तथा नमुना विद्यालय विकास कार्यक्रम सञ्चालन गर्नका लागि सम्झौता भएको थियो ।
यस परियोजनाका कार्यक्रमहरूमा नगरपालिकाको तर्फबाट भौतिक पूर्वाधार तथा शैक्षिक सामग्री व्यवस्थापनमा बजेट विनियोजन गर्ने र इसिइसिका तर्फबाट शिक्षक क्षमता अभिवृद्धि तालिम, अभिभावक सचेतना कार्यक्रम, प्रधानाध्यपक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका प्रतिनीधिहरूका लागि नेतृत्व विकास तालिम, अन्तर्रााष्ट्रिय बाल विकास कार्यक्रम (आइडिपी) को सहजकर्ता तालिम तथा शैक्षिक सुधारमा लागि निरन्तर अनुगमन, परामर्श तथा सहायता गर्ने आदि कार्यक्रम सञ्चालन गर्ने सहमती भएको छ ।
यस सम्झौता पत्र हस्ताक्षर कार्यक्रयममा चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनाश्याम गिरीले नगरपालिका एउटा शैक्षिक हबको रूपमा विकास गर्ने योजना रहेको बताउदैै सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीहरूको विश्वसनीयता घट्दै गएको अवस्थामा यस कार्यक्रमले नगरपालिका भित्रका विद्यालयमा शैक्षिक उपलब्धि सुधार हुने र विद्यालयपको प्रशासनिक व्यवस्थापनमा पनि महत्वपुणर् सहयोग पुग्ने समेत अपेक्षा र विश्वास रहेको बताए । पहिलो चरणमा छनोट हुने विद्यालयहरुले राम्रो परिवर्तन गरेमा बाको सबै सामुदायिक विद्यालयहरु समेट्दै जाने पनि बताए । यसै सन्दर्भमा उनले राजनीतिक नेतृत्वले भिजन दिने हो भने समग्र समाज विकासका लागि पीपीपी मोडेल आवश्यक रहेको तथ्य उजागर गरे । उनले इसीइसीलाई नगर पालिकामा स्वागत गर्दै विद्यार्थी र शिक्षकहरूको हित अनुसार सहकार्य गर्नका लागि नगरपालिका प्रतिबद्द रहेको जानकारी गराए ।
उक्त कार्यक्रममा नगर प्रमुख घनश्याम गिरी, नगर उपप्रमुख वसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख कणर् बहादुर भुवाजी, वरिष्ठ विद्यालय निरीक्षक बुद्धि प्रसाद भट्ट, सामाजिक शाखाका अधिकृत अनिता पौडेल तथा अन्य प्रतिनीधिहरूका साथै इसिइसिका तर्फबाट अनुसन्धान तथा विकास विभागका विभागीय प्रमुख तथा नोर्हेड परियोजना संयोजक मिना कार्की सुब्बा, अनुसन्धान तथा विकास विभागीय उपप्रमुख सिङ्गी थिकेपा ल्होमी, शिक्षक तालिम तथा विकासका विभागीय उपप्रमुख सुमिन महर्जन, वरिष्ठ शिक्षक प्रशिक्षकहरू बिमला महर्जन र हिरामान तामाङको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम चन्द्रागिरी नगरपालिकाका वरिष्ठ विद्यालय निरीक्षक बुद्धि प्रसाद भट्ट ञ्चालन गर्नु गरेका थिए ।