८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

वीरगन्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो



पर्सा । वीरगन्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलब ८६ प्रतिशतले मोटरसाइकलको आयात बढेको छ ।

वीरगन्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८०र८१ को भदौ महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सात हजार १२० वटा मोटरसाइकल आयात भएका हुन् ।

चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा वीरगन्ज नाकाबाट चारपांग्रे सवारीसाधनको आयातमा कमी आएको भए पनि दुई पांग्रे सवारीसाधनको आयात बढेको प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताए ।

चालु आवको भदौ मसान्तसम्ममा दुई अर्ब सात करोड ८४ लाख २२ हजार मूल्य पर्ने १६ हजार ३८४ वटा मोटरसाइकल आयात भएका छन् । गत आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा भने एक अर्ब १३ करोड ५४ लाख ६४ हजार मूल्य पर्ने नौ हजार २६४ वटा मोटरसाइकल आयात भएका थिए ।

आव २०८०र८१ को भदौ मसान्तसम्ममा २३ करोड ९० लाख चार हजार मूल्य पर्ने १२ लाख ६५ हजार ६२७ वटा मोटरसाइकल ९मोपेडसहित०को पार्टपूर्जा आयात भएका थिए ।

चालु आर्थिक वर्षको सोही अवधिमा ३४ करोड १७ लाख २२ हजार मूल्य पर्ने १६ लाख ६१ हजार ५३१ वटा मोटरसाइकल (मोपेडसहित)को पार्टपूर्जाहरु आयात भएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  १२ : ५१ बजे