काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ६७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार ४०० रुपैयाँमा कारोबार भएर हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ ।