काठमाडौं । मंगलबार सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । मंगलबार छापावाल सुन प्रतितोला एक हजार ५०० बढेर एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
सोमबार एक लाख ६७ हजार रुपैयाँमा कारोबार भएको थियो । यो उच्च मूल्यलाई आज तोडेर छापावाल सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।
आज चाँदी प्रतितोला दुई हजार १०५ रुपैयाँमा कारोबार भइरहेको छ ।