८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

कृष्णप्रसाद सिटौला निर्वाचित, राष्ट्रिय सभाका अध्यक्ष बन्ने बाटो खुल्यो



विराटनगर । नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् ।

बिहीबार भएको मतगणनाबाट सिटौला निर्वाचित भएका हुन् । उनी सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए ।

सिटौला पाँच हजार दुई सय ९२ मतभारसहित निर्वाचित भएका हुन् । कोशीमा नेकपा एमाले र राप्रपा गठबन्धनबाट राप्रपाका उद्धव पौडेल पराजित भए । उनले चार हजार पाँच सय ६२ मतभार ल्याएका छन्।

सिटौलाले स्थानीय तहतर्फ २ हजार ९ सय ७ र प्रदेशसभातर्फ २ हजार ३ सय ८५ मत पाए । स्थानीय तहतर्फ ५ मत बदर भएको थियो भने प्रदेशसभातर्फको एक मत सुर्यमा परेको थियो । कांग्रेसभित्र सिटौलालाई राष्ट्रिय सभामा अध्यक्ष बनाउने तयारी गरिएको छ ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ६ : ०० बजे