८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

विद्युतीय गाडीलाई छुट दिने नीतिले ३५ अर्ब राजस्व घट्यो :अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठ्न नसकेको बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रोत्साहनको रुपमा बिद्युतीय सवारीलाई छुट दिँदा त्यसको असर राजश्वमा परेको बताएका हुन् ।

राजश्व केही वृद्धि भए पनि लक्ष्यअनुसार उठ्न नसकेको उनको भनाइ छ ।उनले भने, ‘विद्युतीय सवारीसाधनको आयात इन्धनमुखी सवारीको भन्दा दोब्बर बढी भएकाले पनि भन्सार राजश्व कम उठेको बताए । इन्धनमुखी सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको भन्सार न्यून राखेकाले पछिल्लो आँकडामा ३४र३५ अर्ब कम भन्सार राजश्व उठेको छ ‘।
मन्त्री महतले राजश्व संरचनामा परिवर्तनका कारण र लक्ष्यअनुसार उठ्न नसकेको बताए । उनले व्यवसायलाई अनलाइन प्रणालीमा ढाल्न नसके सबै किसिमका व्यवसायलाई हेर्न नसकिने बताए । आन्तरिक राजश्व कार्यालय र भन्सार कार्यालयले आफूलाई प्रविधिमैत्री बनाउँदै लैजान जरुरी रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ११ : ५४ बजे