काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा ९माओवादी केन्द्र०का बहुमत प्रदेशसभा सदस्यले दलको नेता फेर्ने निर्णय गरेका छन् ।
आज दलको बहुमत ६ जना सदस्यले दलको नेता फेर्ने निर्णय गरिएको छ । खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई नेता चयनको निर्णय गरिएको उपनेता रावलले बताए ।
त्यसको जानकारी संसद् सचिवालयलाई समेत गराइएको छ । भट्टले प्रभावकारी भूमिका निभाउन नसकेको आरोप बहुमत सदस्यको छ । केन्द्रीय नेतृत्वलाई जानकारी गराएर नै नेता फेर्ने निर्णय गरिएको हो ।