१२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026

रोमाञ्चक खेलमा कर्णालीको दोस्रो जित, विराटनगर सात रनले पराजित 



काठमाडौँ । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको रोमाञ्जक खेलमा कर्णालीले विराटनगर किङ्ग्सलाई सात रनले हरयो ।

जितका लागि एक सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय २६ रनमा समेटिएको थियो । विराटनगरका लागि निकोलश किर्तनले सर्वाधिक ४० रन बनाए । ओपनर लोकेश बमले १९ र दीपक बोहराले १८ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउनन सकेनन् ।

बलिङमा कर्णालीका नन्दन यादवले कसिलो बलिङ गर्दै तीन विकेट लिए । उनले चार ओभरमा १९ रन खर्चिए । विपिन शर्माले दुई तथा युनिस ठकुरी, विलियम वसिस्टो र कप्तान सोमपाल कामीले एक एक विकेट लिए

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय ३३ रन बनाएको थियो । कर्णालीका लागि विलियम वसिस्टो र देव खनालले अर्धशतकीय इनिङ्स खेले ।

विलियमले सर्वाधिक ६६ रन बनाउनुभयो । उहाँले ४९ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाए । यस्तै देवले ४८ बलमा चार चौका र दुई छक्काको सहयोगमा ५३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।बलिङमा विराटनगरका प्रतिश जिसी चार विकेट लिए ।

उनले चार पुरै चार ओभर बलिङ गर्दै १७ रन खर्चिए । यस्तै वसिर अहमद र क्रिस सोलले दुई दुई तथा अकिव इल्यासले एक विकेट लिनुभयो । कर्णलीको यो चार खेलमा दोस्रो जित हो । यता चार खेल खेलेको वराटनगरले तेस्रो हार खेपेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ४ : ४१ बजे