काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज पनि अदालत उपस्थित गराइँदै छ । पछिल्लो पटक थपिएको म्याद सकिएपछि म्याद थपको लागि अदालत उपस्थित गराउन लागिएको हो । उनी हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका छन् ।
रविलाई पछिल्लोपटक थपिएको चार दिनको म्याद आज सकिने भएपछि अदालत उपस्थित गराउन लागिएको हो ।
सहकारी ठगी प्रकरणमा रवि कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । पक्राउ परेका रविलाई पटकपटक म्याद थपेर प्रहरीले अनुसन्धान गर्दै आएको छ । यस अघि अदालतले पर्सा, चितवन र काठमाडौँमा बयान लिइसकेको छ ।





