८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

समुदायमा कांग्रेस, महामन्त्री थापाको ‘संवाद यात्रा’ झापाबाट सुरु



काठमाडौँ । आजदेखी नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ संवाद यात्रा शुरु गरेको छ । स्थानीय तहबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवलोकन तथा आमनागरिकका गुनासा र सुझावलाई वडास्तरबाटै कार्यान्वयन गराउन पहलकदमी लिने गरी अभियान शुरु गरिएको जनाइएको छ ।
अभियानको शुरुवात कांग्रेसका महामन्त्री गगन थापाले झापाबाट सुरु गरेका छन् । महामन्त्री थापाले आज शनिबार बिहान ८ बजे झापाको मेची भन्सारबाट यात्रा सुरु गरेका हुन् ।

समुदायमा कांग्रेस अभियानअन्तर्गत यात्रा शुभारम्भ कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य प्रदीप पौडेल सहभागी भएको कांग्रेस झापाले जनाएको छ ।

पार्टीका कार्यकर्ता र जनताका गुनासा र सुझाव लिन महामन्त्री थापाले संवाद यात्रा सुरु गरेका हुन् । संवाद यात्रामा जनताका कुरा सुन्ने, आफ्ना कुरा नभन्ने ९भाषणका कार्यक्रम नगर्ने० तयारी छ ।

कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरी १३ देखि २६ माघसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दै छ ।

संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम रहेको छ । संवाद यात्रा माघ २६ गते सकिनेछ ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ११ : २६ बजे