१२ पुस २०८१, शुक्रबार | Fri Dec 27 2024

मंकीपक्स संक्रमितको स्वास्थ्य सुधारोन्मुख



काठमाडौं । मंकीपक्स संक्रमित बिरामीको अवस्था सुधारोन्मुख छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा.युवानिधि बसौलाले जानकारी दिए ।

उनले निजको अवस्था सामान्य रहेको बताए । मंकीपक्स संक्रमण भएकालाई कम्तीमा तीन साता एक्लै राखेर उपचार गर्नुपर्ने भएकाले सोहीअनुरूप गरिएको निर्देशक बसौलाले जानकारी दिए ।

साउदी अरबबाट आएका ती युवकमा यही पुस ५ गते मंकीपक्स संक्रमण पुष्टि भएको हो । सोही दिनदेखि उक्त अस्पतालमा उनको उपचार जारी छ । रासस

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  ११ : ५८ बजे