१२ पुस २०८१, शुक्रबार | Fri Dec 27 2024

चितवनमा आजदेखि ‘मह उत्सव’



चितवन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले महको बजारीकरणका लागि आजदेखि पुस १५ गतेसम्म मह उत्सव सुरु गर्दै छ ।

परियोजनाका मौरीजोन कार्यक्रम अधिकृत रविकिरण अधिकारीका अनुसार महोत्सव स्थलमा १० वटा बिक्रीकक्ष राखेर त्यहाँ आउने जोकोहीलाई मह चखाइनेछ ।

परियोजनाले मौरीजोनअन्तर्गतका मौरीपालक उद्यमी किसानका उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले बजारीकरण, ‘प्याकेजिङ लेबलिङ’ मा सहयोग गर्दै आएको छ ।

आर्थिक वर्ष २०७५र७६ देखि चितवनमा मौरीजोन स्थापना भएको हो ।

नेपाल मौरीपालक महासंघका पूर्वअध्यक्ष शिव शर्माले मह उत्सवले मौरीपालक किसानमा उत्साह भरेको बताए । चितवनमा गत वर्ष आठ सय मेट्रिकटन मह उत्पादन भएको थियो ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  १२ : ११ बजे