२३ पुस २०८१, मंगलबार | Wed Jan 8 2025

रास्वपाको केन्द्रीय समिति बैठक जारी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति बैठक आजबाट सुरू भएको छ । दुईदिन सम्म चल्ले बैठक बिहान ७ बजेवाट सुरू भएको हो ।

कार्यबहाक महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बैठकको सुरूमा समसमायिक राजनीतिक छलफल र रिपोर्टिङ हुनेछ भने स्थानीय तह उपनिर्वाचन समीक्षा, संगठनको समीक्षा र संगठन रणनीतिका बिषयलाई छलफलको एजेन्डा बनाइएको छ ।

साथै, संगठन सबलिकरण र जागरण, प्रशिक्षण सामाग्रीत अभियान, लिडरसीप एकेडेमी, क्यान्डिडेट क्लब र ब्लु प्रिन्ट फ्रेमवर्क, प्रदेश समन्वय सयन्त्रका सबन्धमा छलफल गरिने पार्टीले जनाएको छ । यस सेसनमा केन्द्रीय समिति सदस्य, आमान्त्रित सदस्यहरूमा केन्द्रीय संगठन बिभाग, प्रशिक्षण बिभाग एवम प्रदेशका महामन्त्रीहरू सहभागी रहने छन् ।

उता, केन्द्रीय समिति सदस्यहरू मात्रै रहने बैठकमा सहकारी सबन्धी अध्यादेश २०८१, संसदमा दर्ता भएका बिधेयक र पार्टी धारणासबन्धी छलफल, पार्टी संरचना सबन्धमा प्रारम्भिक छलफल गरेर पहिलो दिनको बैठकको समीक्षा र दोस्रो दिनको छलफलको तयारी गरिने महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।

सभापति रबि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परी हिरासतमा रहेपछि कार्यबहाक सभापति डीपी अर्यालको अध्यक्षता पहिलो पटक केन्द्रिय समिति बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ११ : ५३ बजे