१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

शान्तिपक्रियाका बाँकी काम टुंगो लगाउन सडकबाट दबाब दिने तयारीमा रहेको प्रचण्डको उद्घोष



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई तह लगाउन शान्ति प्रक्रियाका बाँकी काम टुंगो नलगाइएको आरोप लगाएका छन्। उनले बाँकी काम टुंगोमा पुर्‍याउन सडकबाट दबाब दिनुपर्ने बताए ।

बुधबार काठमाडौंमा शान्ति प्रक्रिया र बेपत्ता नागरिकहरुको सार्वजनिकिकरणको सवाल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘एउटा जबरजस्ती परिवेश बन्यो र त्यसैले राजनीतिक नेतृत्वलाई शान्ति सम्झौतामा जानुपर्छ भन्नेतिर उत्प्रेरित गर्‍यो। एउटा प्रवृत्ति यो बिजनेस किन टुंग्याउनु भन्ने छ। अर्को राजनीतिक प्रवृत्ति माओवादीलाई तह लगाउने अब अन्तिम बाँकी रहेको यही छ, किन टुंग्याउनु र ? माओवादी सिध्याएर मात्रै अनि के गर्नुपर्छ, गरौँला भन्ने छ।’

अध्यक्ष दाहालले सडकबाट राज्यलाई र राजनीतिक नेतृत्वलाई अब नसुध्रिए बर्बाद हुन्छ भन्ने ठाउँमा नपुर्‍याएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन अर्को १८ वर्ष लाग्नसक्ने उनको भनाइ छ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  १ : १५ बजे