८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

शेयर बजार हरियाली, १० अङ्कले बढ्यो



काठमाडौं ।गत साता आरोलो लागेको सेयर बजार यस साता पहिलो दिनमा सकारात्कम देखिएको छ । साताको पहिलो दिन आइतबार शेयर बजार दोहोरो अङ्कले बढेको छ । आइतबार नेप्से १० दशमलव ३७ अङ्कले बढेर दुई हजार ९४ दशमलव ४६ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, होटल, उत्पादन र म्युचल फन्ड समूहको बाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । आज मध्य सोलु, माथिल्लो मैलुङखोला जलविद्युत् र साम्लिङ पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै चन्द्रागिरि हिल्सको शेयर झन्डै नौ प्रतिशते घटेको छ ।

आज एक करोड ७ लाख कित्ता शेयर तीन अर्ब ८३ करोड ३७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन रि इन्सुरेन्सको ३३ करोड ५३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ५ : २१ बजे