२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश, रविलाई छुटाउन प्रभु बैंकको ग्यारेन्टी



काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ ।

आज भएको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटी लिएर तारिखमा राख्न आदेश गरेको हो । आदेश सगै उनी रिहा भएका छन् । ६० लाख रुपैयाँको धरौटीमा प्रभु बैंक ग्यारेन्टी बसिदिएसँगै लामिछाने छुटेका हुन् ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ७ : ०१ बजे