९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

साताको कारोबारको दोस्रो दिन नेप्से सँगै कारोबार पनि बढ्यो



काठमाडौं । साताको कारोबारको दोस्रो दिन नेप्से परिसुचक बढेको छ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार झिनो अंकले बढेर बन्द भएको हो । नेप्से परिसूचक ६.७८ अंकले बढेर २६०७.९९ विन्दुमा बन्द भएको हो ।

यस दिन ६ अर्ब ५७ करोड चार लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले जनाएको छ । आइतबारको तुलनामा कारोबार रकममा वृद्धि भएको हो । आइतबार ६ अर्ब २५ करोड ७२ लाख रुपैयाँको सेयर किनबेच भएको थियो ।

आज ११८ कम्पनीको सेयर मूल्य बढेको छ । ११७ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य स्थिर छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्था र सुपरमादी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ । भूगोल इनर्जी डेभलपमेन्टको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ३ : ३८ बजे