काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ११ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ५८ हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख ५७ हजार रुपैयाँमा खरिद–बिक्री भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ ।





