१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

काठमाडौंमा वायु प्रदूषण उच्च ! 



काठमाडौं । काठमाडौंमा आज वायु प्रदूषण उच्च देखिएको छ । बिहीबार ११ः३० बजे उपत्यकाका तीन स्थानको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) १५० भन्दा माथि रहेको वातावरण विभागले जनाएको छ ।
सबैभन्दा धेरै शखपार्कमा एक्यूआई १८३ पुगेको छ । त्यहाँको पीएम ९पर्टिकुलेट म्याटर० २.५ को मात्रा बढेर ११२.८ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको रेकर्ड छ ।

सोही समयमा काठमाडौंको रत्नपर्क र लतिलपुरको खुमलटारमा पनि वायु प्रदूषणको तह अस्वस्थकर छ । ती स्थानको एक्यूआई क्रमशः १७१ र १५७ छ । उपत्यकाबाहिर धनकुटाको वायु अस्वस्थकर छ । त्यहाँ एक्यूआई १५३ र पीएम २।५ को मात्रा ६४.६ पुगेको छ ।

काठमाडौंमा आज साँझ ६ बजेसम्म नै वायु प्रदूषण बढ्ने विभागको पूर्वानुमान छ । साँझ ८ बजे काठमाडौंमा पीएम २।५ को औसत मात्रा ८४।२८३ पुग्नसक्ने विभागले जनाएको छ ।

विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०को मापदण्ड अनुसार यी स्थान ‘अस्वस्थकर’को सूचीमा परेका छन् । वायुको गुणस्तर मापदण्ड अनुसार एक्यूआई १५० भन्दा माथि रहेको वायु अस्वस्थकर मानिन्छ । त्यसभन्दा माथि भए वायु अस्वस्थकर र जति एक्यूआई बढ्दै गयो उति घातक मानिन्छ । नेपालमा हिउँदको समयमा सबैभन्दा बढी बायु प्रदुषण हुने गरेको छ ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  १ : ३१ बजे