काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य १४ सय बढेर कारोबार भएको छ । दुई दिनेखी घटिरहेको सुनको मूल्य फेरी बढ्न सुरु गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर एक हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ ।





