काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ । सभामुख देवराज घिमिरेले कार्यसूची प्रस्तुत गरिरहँदा रास्वपाका सांसदहरू उभिएका छन् ।
सभामुखले दलीय आधारमा समय निर्धारण गरेकाले बसिदिन आग्रह गरिरहेका छन् । उनले दलीय आधारबाट तय भएको समयमा नै धारणा राख्न आग्रह गरेका छन् ।
संसद्को हिउँदे अधिवेशन आजबाट सुरु भएको छ । आजको बैठकमा शीर्ष नेताहरूले धारणा राख्ने कार्यसूची तय भएको छ । रास्वपाका सांसदलाई बस्न सभामुखको आदेश दिएका थिए । उनीहरुको अवरोधका बिचमा सभामुखले राष्टपति कार्यालयबाट प्राप्त भएका पत्रहरु सुनाएका थिए ।





