८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

इजरायललाई अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न साउदीको आग्रह



काठमाडौं । साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल साउदले इजरायललाई अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न आग्रह गरेका छन् । उनले इजिप्टका समकक्षी समेह शौकरीसँग कायरोमा संयुक्त पत्रकार सम्मेलनका क्रममा यस्तो टिप्पणी गरेका साउदीको स्वामित्वमा रहेको अल अरबिया न्युज च्यानलले जनाएको छ ।

उनीहरू दुवैले गाजापट्टीमा युद्धविराम गर्न आह्वान गरे । इजरायलले गाजाको मानवीय अवस्थाका बारेमा अन्तर्राष्ट्रिय न्यायालय ९आईसीजे०को निर्णयलाई अस्वीकार गरेकामा उनले अन्तर्राष्ट्रिय मानवीय कानुनहरू इजरायलमा जस्तै अरूलाई लागु हुनुपर्नेमा जोड दिए ।

साउदीले साउदी अरेबिया र अरू अरब राष्ट्रहरूले प्यालेस्टाइनी जनताको सुरक्षाका निम्ति दबाब जारी राख्ने जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  १० : ४९ बजे