काठमाडौँ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक दिउँसो १ः१५ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले बताएको छ ।
आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।
प्रतिनिधि सभाको बैठक भने आगामी बुधबार बस्ने छ।





