२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

१२ दिनमा १३ लाख किशोरीले लगाए एचपीभी खोप



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको एचपीभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन् । पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले

अभियानको १२ औं दिन शनिबारसम्म १३ लाख किशोरीले खोप लगाएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ ।

माघ २२ गते सुरु भएको अभियान फागुन ६ गतेसम्म चल्नेछ । अभियानका क्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र १० देखि १४ वर्षका किशोरीलाई स्थानीय तहमा रहेका केन्द्रहरूमार्फत खोप प्रदान गरिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  १ : १८ बजे