९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ५ जना सर्टलिस्टमा (नामसहित)



काठमाडौँ । बिना कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ५ जना सर्टलिस्टमा परेका छन्।

अध्यक्ष छनोट समितिले आवेदन दिएकाहरुबाट चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडाशैनी, कमल प्रसाद रेग्मी, र शरद ओझा अन्तर्वार्ताको लागि छनोट भएका छन् ।
उनीहरुले सबैले फागुन १० गते अन्तर्वार्ता दिनेछन् । ओझा क्लिकमाण्डु मिडियाका बिशेष संवाददाता हुन् भने चापागाई बिमा समितिका तत्कालिन अध्यक्ष हुन् । त्यस्तैगरी पुडाशैनी पूर्वराजश्व सचिव हुन् ।

बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई नागरिकता सम्बन्धी कसुर लागेपछि प्राधिकरणमा अध्यक्ष पद रिक्त छ।

सरकारले पुस २६ गते अध्यक्षका लागि १५ दिनको समय दिएर आवेदन खुलाएको थियो। छनोट समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा। डा। शिवराज अधिकारीको संयोजकत्वमा अर्थ सचिव घन श्याम उपाध्याय र ज्योतिचन्द्र ओझा सदस्य रहेका छन्।

आवेदकहरूको कार्य योजना सहितको प्रस्तुती पछि अर्थ मन्त्रालयले तीन जनाको नाम मन्त्रिपरिषदमा पठाउने छ। मन्त्रीपरिषद्को बैठकले एक जनालाई नियुक्त गर्नेछन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  १ : १३ बजे