३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

सुनको मूल्य तोलाको एक लाख ७० हजार कायम



काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलाको रु एक लाख ७० हजार कायम भएको छ ।

बिहीबार प्रतितोला रु. एक लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज रु. एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी, चाँदीको मूल्य रू। पाँचले घटेको छ । आज चाँदी प्रतितोला रू. एक हजार नौ सय ९० मा किनबेच हुनेछ ।

आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन दुई हजार नौ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  १२ : ०२ बजे