काठमाडौँ । कृषि विकास बैंक लि. ले आफ्नो मोवाईल बैंकिंगमा रकम भुक्तानीका लागि नयाँ सुविधा ADBL PAY थप गरि संचालनमा ल्याएको छ । बैकले विभिन्न समयमा ग्राहकको माग र आवश्यकतालाई मध्येनजर गरी विभिन्न सेवाहरु बैंकको ADBL Smart Plus मोवाईल बैंकिंग एप मार्फत प्रदान गर्दै आईरहेको छ । यसै सन्दर्भमा बैंकले नेपाल पेमेन्ट सोलुसन्स संग को सहकार्यमा Fund Transfer तथा Wallet Load सुविधा संचालनमा ल्याएको छ । बैंकको मोवाइल बैंकिङ एप”ADBL Smart Plus” मार्फत ग्राहकहरुले रकम Transfer गर्न सक्ने जसका लागि रकम प्राप्त गर्नेको मोबाइल नम्बर वा सम्वन्धित बैंकको खाता नं र खातावालाको नाम सहित रकम प्रविष्ट गरेर सहज रूपमा सुरक्षित तवरले निर्धक्क सँग रकम ट्रान्सफर गर्न सक्नेछन् ।
यस सुविधाबाट बैंक खाता र वालेटहरूबीच हुने डिजिटल रकम ट्रान्सफर कारोबार छिटो, सहज र सुरक्षित रुपमा गर्न सकिनेछ । रकम ट्रान्सफरका लागि दुई तरिकाबाट भुक्तानी गर्न सकिने सुबिधा रहेकोमा पहिलोमा प्राप्तकर्ताको बैंक खातासँग जडान भएको मोबाइल नम्बर प्रयोग गरी सजिलै रकम भुक्तानी गर्न मिल्ने र दोश्रो तरिकामा रकम प्राप्तकर्ताको बैंकको नाम र खाता विवरण प्रविष्ट गरेर समेत बैंक खाताहरू बीच सजिलै रकम ट्रान्सफर गर्न मिल्ने । यसैगरि ग्राहकहरुले कुनै शुल्क बिना विभिन्न वालेटहरुमा समेत रकम जम्मा गर्ने सुविधा समेत यस सेवामा रहेको छ ।
यस्त छन् विशेषताहरू
-मोबाइल बैंकिङ एप मार्फत रकम ट्रान्सफर गर्न सकिने ।
– कृषि विकास बैंक लि। का ग्राहकहरूले न्यूनतम शुल्कमा रकम ट्रान्सफर गर्न सक्ने।
– द्रुत र निर्बाध रूपमा रकम ट्रान्सफर हुने।
– छिटो, छरितो र सहज कारोबार हुने ।
– ग्राहकमैत्री सहज संचालन गर्न सकिने।
– तुरुन्तै करोवार हुने ।





