३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

एक सातापछि सेयर बजारमा करेक्सन,सवा ६ अर्बको कारोबार



काठमाडौं। गत बिहीबारदेखि बढेको नेप्सेको निरन्तर वृद्धिमा ब्रेक लागेको छ। १५३।८३ अंकको वृद्धिपछि नेप्सेको वृद्धिमा बिहिबार ब्रेक लागेको हो।

नेप्से परिसूचक ३२।७७ अंकले घटेको छ। यसलाई एक सातादेखि बढिरहेको बजारमा सामान्य करेक्सनका रुपमा दिइएको छ।

‘आज सर्ट टर्म प्रोफिट बुकिङका कारण बजारमा गिरावट देखिएको हो। यो बीचमा कतिपय कम्पनीमा ४० प्रतिशतसम्म नाफा बुक गर्ने अवसर थियो। त्यसैले नाफा बुकका कारण बजार घट्यो। यसलाई सामान्य करेक्सनका रुपमा हेर्नु पर्छ,’ एक ब्रोकरले भने।

व्यापार उत्पादनमूलकबाहेकका उपसमूहले नेप्से २१०९।१० बिन्दुमा झारेका हुन्। विकास बैंक र वित्त समूहको सूचक ३ प्रतिशत भन्दा धेरै घटेको छ। यस्तै सेन्सेटिभ इन्डेक्स पनि ६ अंकले घटेको छ।

करेक्सनका बाबजुद ६ अर्ब २७ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यो कारोबार रकम बुधबारको तुलनामा कम हो। बुधबार ७ अर्ब रुपैयाँको सेयर किनबेच भएको थियो।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शिर्ष स्थानमा रह्‍यो छ। यो कम्पनीको ३० करोड रुपैयाँको सेयर कारोबार भएको छ। कम्पनीको सेयर मूल्य प्रति कित्ता २३ रुपैयाँले घटेको छ।

यस्तै सोनापुर मिनरल्सको २५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यो साता ३७ प्रतिशतले मूल्य बढेको यो कम्पनीको सेयरमा प्रोफिट बुकिङको लहरले कारोबार बढेको हो। कम्पनीको सेयर मूल्य प्रति कित्ता १५।७० रुपैयाँ घटेको छ।

नेप्से घट्दा पनि बोटलर्स नेपाल ९बालाजु० सहित १० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। बोटलर्स नेपाल बालाजुको सेयर मूल्य प्रति कित्ता ५२५ रुपैयाँले बढेको हो।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ९ : ३९ बजे