काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा शनिबार ९फागुन २४० भूकम्पको धक्का महसुस गरिएको छ । दिंगी काउन्टी आसपास केन्द्रविन्दु भएको ५।९ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।
नेपाली समयानुसार दिउँसो २ बजेर ३५ मिनेटमा धक्का मापन गरिएको केन्द्रले जनाएको छ ।
सोही क्षेत्र केन्द्रविन्दु भएर यही वर्ष पुस २३ गते ७ म्याग्निच्युडको भूकम्प गएको थियो । परकम्प काठमाडौंलगायत जिल्लामा महसुस गरिएको थियो ।





