१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

६ महिनामा पाँच करोड बढी राजस्व संकलन



महोत्तरी । नेपाल विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्र (महोत्तरी) ले ६ महिनामा पाँच करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८०र८१ को ६ महिनाको अवधिमा उक्त केन्द्रले पाँच करोड २३ लाख २२ हजार ७६८ रुपैयाँ राजस्व संकलन गरेको हो ।

उक्त अवधिमा केन्द्रले विद्युत् चुहावट रोक्न अनुगमन बढाएको जनाइएको छ । विद्युत् चोरी जरिवाना, पुनःलाइन जडान र नयाँ ग्राहकबाट उक्त रकम संकलन भएको हो ।

६ महिनामा २९७ विद्युत् चुहावटका घटना फेला परेर कारबाही गरिएको कार्यालयले जनाएको छ । यो कारबाहीबाट २७ लाख ८४ हजार १७७ राजस्व संकलन भएको कार्यालय प्रमुख जगन्नाथ झाले जानकारी दिए ।

सोही अवधिमा समयमा विद्युत् महसुल नबुझाएर लाइन काटिएका ४८८ सेवाग्राहीको लाइन पुनःजोडिदा तीन करोड ८१ लाख १२ हजार ८७६ राजस्व संकलन भएको छ ।

सोही अवधिमा सेवा क्षेत्रका ४२४ सेवाग्राहीको नयाँ लाइन जडान गरिँदा एक करोड १४ लाख २५ हजार सात १५ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ५ : २४ बजे