१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

शैक्षिक भ्रमणमा सहभागी बिद्यार्थीलाई कृषि बिकास बैंकले चलायो वित्तीय साक्षरता कार्यक्रम



काठमाडौँ । कृषि बिकास बैंकको केन्द्रीय कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । त्रिभुवन विश्वविद्यालय जन प्रशासन क्याम्पसबाट शैक्षिक भ्रमण अवलोकनमा आएका बिद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रममा सहभागी गराइएको थियो । कार्यक्रममा बैंकको सेवा प्रवाह, सामाजिक प्रभाव र डिजिटल बैंकिङ्ग कारोबारमा अपनाउनुपर्ने सजगताबारेमा जानकारी दिइएको थियो । मार्केटिङ्ग एण्ड सेल्स बिभागको आयोजना गरेको उक्त कार्यक्रममा ३५ बिद्यार्थीहरु सहभागी भएका थिए । बैंकले अघिल्लो महिनामा साताब्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिसकेको छ ।

फोटो : खेटराज दाहाल, कृषि बिकास बैंक

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ५ : ५६ बजे