१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

रिहा भएपछि अध्यक्ष लिङ्देनको भने-आन्दोलन निरन्तर जारी छ



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आन्दोलन निरन्तर जारी रहने बताएका छन् ।

आइतबार सिंहदरबारमा सांकेतिक प्रदर्शनका क्रममा पक्राउ परेपछि रिहाइ भएलगतै सञ्चारकर्मीसँग कुरा गर्दै उनले आन्दोलन जारी रहने बताए।

उनले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका पार्टीका नेता रिहा नभएसम्म पार्टीले निरन्तर आन्दोलन गर्ने बताए।

आइतबार सिंहदरबारभित्र सांकेतिक रुपमा प्रदर्शन गरेपछि प्रहरीले अध्यक्ष लिङ्देनसहित नेता बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानबहादुर शाही लगायत सात जनालाई पक्राउ गरेको थियो।

उनीहरु सातै जनालाई रिहा गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले निषेधित क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको थियो।

अध्यक्षसहित नेताले सिंहदरबार परिसर भित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ८ : ३५ बजे