२५ मंसिर २०८२, बिहिबार | Fri Dec 12 2025

सुनको मूल्यमा भारी गिरावट, आज तोलाको कति ?



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य एकै दिन सात हजार ५०० रुपैयाँ घटेको छ । बुधबार सुन प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन हालसम्मकै उच्च मूल्य एक लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पाँच रुपैयाँ घटेर एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ११ : १७ बजे