४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

काठमाडौंमाथि सानदार जित निकाल्दै वीरगञ्ज तीन स्थान उक्लियो 



नेपाल सुपर लिगमा वीरगञ्ज युनाइटेडले सानदार जित हात पारेको छ।

आज दशरथ रंगशालामा भएको खेलमा वीरगञ्जले काठमाडौं रेजर्समाथि ४(१ गोलको जित निकाल्यो।

खेलमा काठमाडौंले एनकेग्युको गोलबाट २०औं मिनेटमा अग्रता लियो।

पहिलो हाफको इन्जुरी टाइममा वीरगञ्जका ओपोकुले पेनाल्टीबाट बराबरी गोल गरे।

४६ मिनेटमा सुनील खड्काको गोलबाट वीरगञ्जले अग्रता लियो।

५५ र ५७ मिनेटमा ओपोगकुले गोल गर्दै ह्याट्रिक पूरा गर्दा वीरगञ्ज ४(१ गोलले अघि बढेको थियो।

जितसँगै अंक तालिकाको छैटौं स्थानमा उक्लिएको वीरगञ्जको ८ अंक भएको छ। काठमाडौं ९ अंकसहित पाँचौ स्थानमा छ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  १० : २७ बजे