१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

सरकार ढाल्ने खेलमा हामी छैनौं : अध्यक्ष ओली



महोत्तरी । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सरकार ढाल्ने खेलमा नरहेको बताएका छन् । सोमवार महोत्तरीमा आयोजित पार्टीको कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

आफ्नो पार्टी २०८४ सालमा बहुमत ल्याएर सरकार हाँक्ने नीतिका साथ अघि बढेको समेत उनले बताए । अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठबन्धनले देश र जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाए । देशको हितको पक्षमा मित्र राष्ट्रहरुसँग आँखा जुधाएर सरकारले कुरा गर्न नसकेको उनले चर्चा गरे । अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन मुलुकका जति दिन रह्यो, देशले त्यति नै दुःख पाउने टिप्पणी गरे ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ८ : ५७ बजे