१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

पारदर्शी रुपमा राजश्व बढाउनेतर्फ लाग्नुहोस् : अर्थमन्त्री



कपिलवस्तु । अर्थमन्त्री डा।प्रकाशशरण महतले अनुशासन, पारिदर्शिताका साथ व्यवसायको यथार्थ मूल्यांकन गर्न निर्देशन दिएका छन । अर्थमन्त्री महतले मंगलबार कृष्णनगर भन्सार र आन्तरिक राजश्व कार्यालय निरीक्षणपछि पारिदर्शिताका साथ व्यवसायको यथार्थ मूल्यांकन गर्न निर्देशन दिएका हुन् । उनले भने,अनुशासन, पारिदर्शिताका साथ व्यवसायको यथार्थ मूल्यांकन गरियो भने हामी राजश्वको लक्ष्य नजिक पुग्न सकिन्छ । ‘हिजो जे–जे थियो, आज त्यो पाइँदैन । त्यसकारण के के व्यवसाय घट्दैछन् र के के व्यवसाय विकसित हुँदैछन भन्ने कुरातिर ध्यान दिइयो भने आन्तरिक राजश्व बढ्छ ।’

आन्तरिक राजश्व र भन्सारको अन्योन्यश्रित सम्बन्ध रहेको उल्लेख गर्दै उनले भने ‘कुन बस्तु कानुनी रुपमा आयो, कुन आएन भन्ने कुरा भन्सारबाट छुट्यो भने राजश्वको कोणबाट व्यवसाय अनुगमन गर्न सजिलो हुन्छ ।’ अहिले धेरै बस्तुलाई भ्याटको दायरामा ल्याइएको छ, त्यसको अर्थ कारोबार कति भयो, आय कति छ भन्ने पत्ता लगाउँन सकिन्छ । होटल, रेस्टुराजस्ता सेवा व्यवसाय अहिले बढिरहेको छ । नयाँ व्यवसाय दर्ता भएर कति कारोबार गरिरहेका छन् भन्ने कुराको अनुगमन गरिराख्नुपर्छ, करको सिस्टममा जोड्नुपर्छ ।’

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  २ : ५९ बजे