१८ माघ २०८२, आइतबार | Mon Feb 2 2026

गगन थापाको प्रश्न-संविधान संशोधनको बाचा किन बिर्सेको ?



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सातबुँदे सहमतिको जगमा कांग्रेस–एमाले सरकार बनेको भन्दै त्यसमा गरिएका बाचा बिर्सन नहुने बताएका छन् । मंगलबार बाँके क्षेत्र नम्बर–२ ले नेपालगञ्जमा गरेको कार्यक्रममा महामन्त्री थापाले नेपाली कांग्रेस र नेकपा ९एमाले०ले गरेका सातबुँदे बाचाअनुसार तत्काल संविधान संशोधनका लागि काम सुरू गर्नुपर्ने बताए ।

“कांग्रेस र एमालेले सातबुँदे सहमति गर्दा संविधान संशोधन गर्छौँ भनेर बाचा गरेका थियौँ, तर आज हाम्रो बाचा पूरा गरिरहेका छैनौँ,” थापाले भने, “कांग्रेस र एमाले सरकार चलाउँदै गर्दा यति मस्त भएका छौँ कि संविधान संशोधनको मुख्य बाचा नै बिर्सियौँ ।”

गत वर्ष असार १७ मा भएको सातबुँदे सहमतिअनुसार अहिलेको अलमलबाट बाहिर निस्केर संविधान संशोधन प्रक्रियाबारे छलफल थाल्न ढिला गर्ननहुने बताए । “अलमलबाट बाहिर निस्किएर कांग्रेस–एमालेले गरेका सातबुँदे बाचाअनुसार संविधान संशोधनको कार्य तत्काल सुरू गर्नुपर्छ,” थापाले भने,

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलबार  १० : ११ बजे