१७ कार्तिक २०८३, सोमबार | Mon Nov 2 2026

सुनको मूल्यमा बृद्धि, आज तोलाको कति ?



काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार (कात्तिक १६)सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, यस दिन सुनको मूल्य तोलामा दुई लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला दुई लाख ७२ हजारमा किनबेच भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा ७० रुपैयाँ बढेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, सोमबार  १२ : ४८ बजे