काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार (कात्तिक १६)सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, यस दिन सुनको मूल्य तोलामा दुई लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला दुई लाख ७२ हजारमा किनबेच भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलामा ७० रुपैयाँ बढेको छ ।





