१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच सम्झौता



काठमाडौं ।औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई परियोजनारव्यवसाय विस्तार र दीगो सञ्चालन गरी देशको अर्थतन्त्रलाई सुदृढ बनाउनका लागि सहयोग पु¥याउने ध्येयले सहुलियत दरमा बैंकिङ्ग प्रक्रिया मार्फत स्टार्टअप उद्यम कर्जा प्रवाह सम्झौता भएको छ । नेपाल सरकार माननीय उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री रमेश रिजालको उपस्थितिमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई परियोजनारव्यवसाय विस्तार र दीगो सञ्चालन गरी देशको अर्थतन्त्रलाई सुदृढ बनाउनका लागि सहयोग पु¥याउने ध्येयले सहुलियत दरमा बैंकिङ्ग प्रक्रिया मार्फत स्टार्टअप उद्यम कर्जा प्रवाह, व्यवस्थापन, कर्जा सुरक्षण र असुली कार्य गर्ने गराउने उद्देश्यका लागि बुधबार एक समारोहका बीच छुट्टाछुट्टै तीनवटा सम्झौता भएको हो । सम्झौता पत्रमा उद्योग, वाणिज्य तथा आपुती मन्त्रालय अन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेशकुमार गुप्ता, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरेका छन् । समारोहमा माननीय उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री रमेश रिजाले राम्रो परियोजना छनौट गरी सबै पक्ष मिलेर यो कार्यक्रमलाई सफल बनाउनुपर्ने बताए । सम्झौतामा स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० अनुसार औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका प्रविधिमा आधारित उत्पादन तथा सेवामुलक उद्यमी, परियोजनारव्यवसायलाई छनौट गरी सिफारिस गरे पश्चात बैंकले बैंकिङ्ग प्रक्रिया अनुसार परियोजना धितो लिई ३ प्रतिशत ब्याजदरमा एउटा व्यवसायलाई बढीमा २५ लाख रुपैंयासम्म कर्जा लगानी गरिने छ । साथै उक्त परियोजनालाई कोषले कर्जा सुरक्षण समेत गर्ने छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  १० : ३० बजे