काठमाडौँ । कृषि विकास बैंक चार्टड एकाउन्टेन्ट संस्थाबाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२४ बाट सम्मानित भएको छ । कृषि विकास बैंक लिमिटेडले SILVER AWARD पुरस्कार जित्न सफल भएको हो । Institute of Chartered Accountants of Nepal (ICAN) द्धारा आयोजित “National Best Presented Annual Report Award (BPA) 2024 अवार्ड वितरण समारोहमा SAFA_ITAG_BPA GUIDELINES 2024 मूल्यांकन बिधि अनुसार “Public Sector Banking Institution” Category अन्तर्गत “कृषि विकास बैंक लिमिटेड” ले SILVER AWARD पुरस्कार जित्न सफल भएको बैंकले जनाएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) ले Best Presented Annual Report Award अन्तर्गत विभिन्न विधामा प्रस्तुत गरेको थियो । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महालेखापरिक्षक तोयम रायाले बैंकलाई अवार्ड हस्तान्तरण गरेका थिए ।
कृषि बिकास बैंक नेपालको एक अग्रणी बैंक हो । बैंकका ७७ जिल्लामा २१ लाख भन्दा बढी निक्षेपकर्ता रहेका छन्






