३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

एमाले केन्द्रीय कमिटीको बैठक आज, विधान मस्यौदामाथि छलफल हुँदै



काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ। बैठकमा आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा आयोजना हुने विधान महाधिवेशनका लागि तयार गरिएको विधानको मस्यौदा प्रस्तुत गरिनेछ।

बैठकमा विधान मस्यौदा समितिका संयोजक एवं पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटब्युरोले पारित गरेको मस्यौदा बैठकमा प्रस्तुत गर्नुहुनेछ।

बैठकमा इच्छुक केन्द्रीय सदस्यलाई बढीमा तीन मिनेटसम्म धारणा राख्ने समय दिइनेछ। पार्टीमा सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बाहेक करिब २३० जना केन्द्रीय सदस्य रहेका छन्।

बैठक आज र भोलि सम्पन्न हुने अनुमान गरिएको छ। तर सबै सदस्यले धारणा राखेमा बैठक पर्सिसम्म लम्बिन सक्ने सम्भावना छ।

यसअघि साउन १ गते बसेको सचिवालय र साउन २ र ३ गते बसेको पोलिटब्युरो बैठकले पार्टीको उमेर सीमा ९७० वर्ष० र एउटै पदमा दुई कार्यकालको सीमा हटाउने निर्णय गरिसकेको छ। यी विषयहरू समेटिएको विधान मस्यौदा पनि केन्द्रीय कमिटीमा पेश गरिने छ।

केन्द्रीय कमिटीबाट पारित मस्यौदा पार्टीका मातहतका कमिटीहरूमा सुझावका लागि पठाइनेछ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ११ : ०६ बजे