१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

ट्राफिक प्रहरीद्वारा ६ महिनामा एक करोड राजस्व संकलन 



वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा वीरगञ्जले चालु आर्थिक वर्षको ६ महिनामा एक करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी चालु आवको साउनदेखि पुस मसान्तमा एक करोड दुई लाख ५१ हजार राजस्व संकलन गरेको हो ।

उक्त अवधिमा विभिन्न किसिमका १० हजार ८२० सवारीमाथि कारबाही गरी उक्त परिमाणमा राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ९ : ४४ बजे