काठमाडौं । कृषि विकास बैंक लिमिटेडको सहायक संस्था फन्ड म्यानेजमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुशील हुमागाई नियुक्त भएका छन् । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले हुमागाईलाई अध्यक्षमा नियुक्त गरेको हो । कृषि बिकास बैंक लिमिटेडमा उप-महाप्रबन्धकको जिम्मेवारी रहेका हुमागाई अघि कम्पनीमा संचालकको रुपमा रहेको थिए । त्यस्तै बैठकले कृषि बिकास बैंक लिमिटेडमै बिभागीय प्रमुखको रुपमा कार्यरत वासु अधिकारीलाई कम्पनीको नयाँ संचालकको रूपमा नियुक्त गरेको छ । नयाँ नेतृत्वको आगमनसँगै कम्पनीले संस्थागत सुदृढीकरण र लगानी व्यवस्थापन क्षमताको विस्तारमा थप उपलब्धीहरु हासिल गर्ने अपेक्षा गरिएको छ ।
यस अघि कृषि विकास बैंकको सहायक संस्था कोष ब्यवस्थापन कम्पनी लिमिटेडको अध्यक्षमा मिनराज पोखरेल थिए ।
१८ श्रावण २०८२, आइतबार
98
Shares





