२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

नेप्से परिसूचक आइतबार २७.४ अंकले गिरावट



काठमाडौं । नेप्से परिसूचक आइतबार २७.४ अंकले गिरावट आएको छ । गएको बिहीबार ९साउन २९० झिनो अंकले बढेको नेप्से आइतबार ०.९७ प्रतिशतले घटेर २७६१.२२ विन्दुमा बन्द भएको हो ।
यस दिन कारोबार रकम भने बढेको छ । सात अर्ब ७३ करोड ५१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बिहीबार सात अर्ब ४६ करोड ४१ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।
५८ कम्पनीको सेयर मूल्य बढेको छ । १९१ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
आरबीबी म्युचुअल फन्ड१ को इकाइ मूल्य ७.९३ प्रतिशतले बढेको छ । यो म्युचुअल फन्डको प्रतिइकाइ मूल्य ११.३ रुपैयाँ कायम छ । सुपर स्यांगे हाइड्रोपावर लिमिटेको सेयर मूल्य ६.२९ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  ४ : ०७ बजे