९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026

चन्द्रागिरि नगरपालिकाको नगर सभापतिमा प्रकाश श्रेष्ठ निर्वाचित



काठमाडौं । नेपाली कांग्रेस चन्द्रागिरि नगरपालिकाको नगरसभापतिमा प्रकाश श्रेष्ठ निर्वाचित भएका छन्।
नगरसभापति पदका लागि भएको निर्वाचनमा श्रेष्ठले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै नगरसभापतिको जिम्मेवारी प्राप्त गरेका हुन्। नगरसभापतिसहित नगर कार्यसमितिको नेतृत्व चयनका लागि भएको निर्वाचनमा पार्टीका क्षेत्रीय तथा स्थानीय प्रतिनिधिहरू सहभागी भएका थिए।

निर्वाचन समितिका अनुसार श्रेष्ठले १५२ मत प्राप्त गर्दै सभापति पदमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी कृष्णप्रसाद शाही खड्गीले ९२, राजेन्द्र महर्जनले २८, रमेश सुवेदीले १४ र रामेश्वर श्रेष्ठले ७ मत प्राप्त गरेका थिए । नगर कार्यसमितिको महिला उपसभापति पदमा शान्ता बस्नेत, खुला उपसभापति पदमा पुरुषोत्तम उदास , सचिव पदमा दिनेश महर्जन बिजय भएका हुन् ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  १ : १० बजे