२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

गण्डकी प्राविधिक प्रतिष्ठानलाई कोरियाबाट एक अर्ब २५ करोड अनुदान प्राप्त हुँदै



काठमाडौँ। दक्षिण कोरिया सरकारले नेपाल सरकारलाई गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकासका निम्ति रु एक अर्ब २५ करोड अनुदान सहयोग गर्ने भएको छ ।

गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानअन्तर्गतको उक्त शिक्षालयलाई प्रदान गरिने अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर हुने कार्यक्रम रहेको अर्थ मन्त्रालय, वैदेशिक सहायता समन्वय महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ९ : १६ बजे